बिहीबार, १५ चैत २०८०

जन्मँदै ‘गर्भवती’ बालिकाको पेटबाट भ्रुण निकाल्न जन्मेको भोलिपल्टै शल्यक्रिया !

समयपोष्ट २०७६ मंसिर १२ गते १२:२०

Advertisement

भ्रुणभित्र अर्को भ्रुण हुने घटना अत्यन्तै विरलै हुने घटना हो । युएस नेशनल अफ हेल्थ रिपोर्टिङका अनुसार यो घटना पाँच लाख जन्ममा एकजनामा देखा पर्नसक्छ । भर्खरै मात्र कोलम्यिाको एउटा यस्तै घटना सार्वजनिक भएको छ ।

कोलम्बियामा एक नवजात शिशुको जन्मेको भोलिपल्टै पेटबाट भ्रुण निकाल्न ‘इमर्जेन्सी सी–सेक्सन’ गरिएको छ ।

बालिका इत्जमाराकी आमाकी आमा मोनिका भेगा जब सात महिनाकी गर्भवती थिइन् तब उनको पेटभित्रको सन्तानको पनि पेटभित्र भ्रुण भएको डाक्टरहरुले पत्ता लगाएका थिए ।

अविकसित भ्रुण बालिकाको शरीरभित्र भेटिएपछि यस्तो अवस्था सृजना भएको हो ।

डाक्टरले गत मार्चमा नै भेगाको शरीरभित्र दुईवटा नाल भएको पत्ता लगाएको थियो । एउटा नालले उनी र छोरी इत्जमारालाई जोडेको थियो भने अर्को नालले इत्जमारा र उनको परजीवी जुम्ल्याहालाई जोडेको थियो ।

उक्त परजीवी जुम्ल्याहा बढ्न सक्ने र यसले इत्जमाराको अंगमा क्षती पुर्याउने आशंका गर्दै इत्जमाराको शल्यक्रिया गर्न भेगाको तत्काल शल्यक्रिया गरिएको थियो ।

धड्कन र मस्तिष्क नभएको उक्त भ्रुण निकाल्न इत्जमाराको जन्मिएको भोलिपल्टै शल्यक्रिया गरिएको थियो । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री