शनिबार, २२ वैशाख २०८१

१५ श्रीमतीसँग सगोलमा बस्ने यी राजा जसले हरेक वर्ष कुमारी किशोरी नग्न नचाउँछन् र पत्नी बनाउँछन्

समयपोष्ट २०७६ मंसिर १० गते १३:०५

Advertisement

अफ्रिकी देश स्वाजिल्याण्डका राजा मस्वाती तृतीय आफ्ना १५ जना पत्नीसँग सगोलमा बस्छन् । ३० अर्ब रुपैयाँ बराबरको सम्पत्तिका मालिक उनले आफ्ना पत्नीहरूलाई उपहार दिनका लागि उनले झण्डै २ अर्ब रुपैयाँबराबरका लग्जरी कार खरिद गरेका छन् ।

हालै राजाले आफ्ना १५ पत्नीहरूका लागि रोयल्स रोए तथा दर्जनौं बीएमडब्लु कारहरू खरिद गरे ।

हुन त ती राजाका १६ वटा पत्नी थिए । तीमध्ये १ जना पत्नीको मृत्यु भइसकेको छ ।

Advertisement

स्वाजिल्याण्डमा कैयन अनौठा परम्परा अद्यपि चलिरहेका छन् । त्यहाँका राजाले हरेक वर्ष कुमारी किशोरीहरूको नग्न नृत्य आयोजना गर्दछन् र त्यहीँबाटै आफ्ना लागि नयाँ पत्नी छान्दछन् । त्यस्तो नग्न नृत्यमा सहभागी हुनका लागि किशोरीहरूलाई उर्दी जारी ग्रिन्छ र नआउनेलाई कठोर सजाय दिइन्छ ।

अघिल्लो वर्ष आफ्नो बर्थडेको अवसरमा राजाले आफ्नो देशकै नाम परिवर्तन गरेका थिए । यसअघि देशको नाम स्वाजिल्याण्ड रहेकोमा उनले परिवर्तन गरी इस्वातिनी बनाएका छन् ।

तर अहिले पनि मानिसहरू त्यो देशलाई स्वाजिल्याण्ड नै भनेर चिन्दछन् ।

स्वाजिल्याण्डका राजा अर्बपति धनाढ्य हुन् । उनीसँग आफ्नै निजी जहाज र निजी विमानस्थल पनि छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री