शनिबार, ८ वैशाख २०८१

ज्याकेटका यस्ता देखिए साउदी युवराज मोहम्मद बिन–सलमान, तस्विर भाइरल

समयपोष्ट २०७६ मंसिर ९ गते ११:३४

Advertisement

साउदी अरबका युवराज मोहम्मद बिन सलमान एक ज्याकेटका कारण सोसल मिडियामा चर्चित छन् ।

सलमानले रियादमा फर्मूला ई रेसको एक कार्यक्रममा एक ज्याकेट लगाएका थिए । उनले लगाएको ज्याकेट ब्रिटिश ब्रान्डको थियो । उक्त ब्रान्डले ट्वीटरमा अरबीमा एक ह्याशट्याग सुरु गर्यो जसको अर्थ थियो, ‘क्राउन प्रिन्सको ज्याकेट’ । त्यसपछि सोशल मिडियामा मोहम्मद बिन सलमानको यो ‘नयाँ लुक’ को प्रशंसा सुरु भयो ।

मोहम्मद बिन सलमानले आफ्नो पारम्परिक सेतो पोशाकमाथि उक्त ज्याकेट लगाए । साथै एभिएटर सनग्लासेस र स्पोर्टस् शुजमार्फत् मध्य–पूर्व र पश्चिमी लुकको एउटा मिश्रण पेश गरे ।

एक प्रयोगकर्ताले यसलाई ज्याकेटलाई अनलाइनमा खोजर लेखेका छन्, ‘यो यसको सबैभन्दा ठूलो विज्ञापन हो ।’

एक प्रयोगकर्ताले लेखेका छन्, ‘यो ज्याकेट केही बेरमै सोल्ड आउट भएको छ ।’

केही प्रयोगकर्ताले यो ज्याकेट किनेको स्क्रिनसट पनि साझा गरेका छन् ।

अघि पनि मोहम्मद बिन सलमान आफ्नो कपडाका कारण चर्चामा आइसकेका छन् । सन् २०१६ मा अमेरिकामा फेसबुक संस्थापक मार्क जुकरबर्गसँगको भेटघाटमा उनी सर्ट, ब्लेजर र जिन्समा देखिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री