आइतबार, २ कार्तिक २०८२

हिटलर जन्मेको घर अब प्रहरी चौकी

समयपोष्ट २०७६ मंसिर ८ गते ११:५५

Advertisement

अस्ट्रियाको गृह मन्त्रालयले एडोल्फ हिटलर जन्मेको घरलाई प्रहरी चौकी बनाउने घोषणा गरेको छ ।

सरकारले यो घरलाई नव–नाजी मन्दिर बन्नबाट रोक्नका लागि कानूनी उपाय खोजिरहेको थियो । जर्मनीको सीमासँगै रहेको उत्तरी सहर ब्रुनोमा पहेलो रङको कुनाको घरलाई २०१६ मा सरकारी नियन्त्रणमा लिइएको थियो । यसै घरमा १८८९ को २० अप्रिलमा हिटलरको जन्म भएको थियो ।

तर यो भवनको भाग्य गेरलिन्डे पामर परिवारसँग चलिरहेको एक लामो कानूनी लडाईसँग सम्बन्धित थियो । यो परिवार एक सताब्दीसम्म यो घरको मालिक रहेको थियो । यो कानुन लडाई यसै वर्ष समाप्त भएको थियो । अस्ट्रियाको सर्वोच्च अदालतले पामरको परिवारलाई मुआब्जा दिने फैसला सुनाएको थियो । गृह मन्त्रालयले अब आर्किटेक्टबाट बोलपत्र आह्वान गर्नेछ ।

Advertisement

जस अनुसार भवनलाई सहरको प्रहरी बलको कार्यालयमा बदलिनेछ । गृह मन्त्री वल्फगङ पेसचोर्नले एक प्रेस विज्ञप्तिमा भनेको छ,’प्रहरीद्वारा घरको भविष्यको उपयोग गर्नाले यो स्पष्ट संकेतको रुपमा आउछ कि भवनलाई कहिलेपनि नाजीवादको स्मृतीमा परिवर्तन गरिने छैन ।’

अस्ट्रियाको सर्वोच्च अदालतले यसै वर्षको सुरुवातमा पामरलाई मुआब्जामा लगभग ९ लाख डलर दिने फैसला सुनाएको थियो । यद्यपि यो मुआब्जा उनीहरुले मागेको भन्दा धेरै कम थियो ।

यद्यपि हिटलरले यो सम्पत्तिमा केही समय मात्रै बिताएका थिए । तर यो विश्वभरीका नाजी सहानुभूति राख्नेहरुलाई आकर्षित गर्दै आएको थियो ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री