बुधबार, ७ साउन २०८२

उल्का पिण्डमा भेटियो चिनी

समयपोष्ट २०७६ मंसिर ८ गते ११:४९

नासाका वैज्ञानिकले अरबौं वर्ष अगाडि पृथ्वीमा खसेको उल्का पिण्डमा चिनीको केही मात्रा भेटिएको बताएका छन्।

उल्का पिण्डमा चिनी रहेको पत्ता लगाएपछि क्षुद्रग्रहमा पनि जीवनको अंशहरु रहेको नासाले जनाएको छ।
गत मंगलबार नासाले एक वक्तव्य सार्वजनिक गर्दै उल्का पिण्डमा चिनी भेटिएको साथै जीवनका लागि अत्यावश्यक अन्य तत्वहरु पत्ता लाग्ने क्रम जारी रहेको बताएको छ।

क्षुद्रग्रह चट्टानले बनेको हुन्छ। सूर्यको प्ररिक्रमा गर्ने यसलाई पृथ्वीमा झरेपछि उल्का पिण्ड भनिन्छ। उक्त वक्तव्यमा वैज्ञानिकहरुले भनेका छन्,‘क्षुद्रग्रहमा पनि रासायनिक प्रतिक्रियाबाट चिनी बनाउने कार्य हुन्छ।’

प्रोसिडिंस अफ द नेसनल एकेडेमी अफ साइन्सेस म्यागेजिनमा उल्लेख भएअनुसार अस्ट्रेलियामा सन् १९६९ मा खसेको एक उल्का पिण्ड र अरबौं वर्ष अगाडि खसेका दुई उल्का पिण्डहरु अध्ययन गर्दा नयाँ तथ्य फेला परेको हो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री