आइतबार, ६ जेठ २०८१

सबैभन्दा अग्लो स्थानमा टाटा मोटर्सको वर्कशप

समयपोष्ट २०७६ मंसिर ६ गते २२:१०

Advertisement

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लिले मुस्तांगको जोमसोममा वर्कशप खोलेको छ । समुद्र सतहभन्दा २,७४३ मिटर उचाइँमा अवस्थित उक्त वर्कशपको उद्घाटन सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोर्टसका कस्टमर केयर इन्टरनेशनल बिजनेस, कमर्सियल भेइकलका प्रमुख गणेश शेट्टीले गरे ।

समुद्घाटन समारोहमा मुस्तांगको घोरपझोब गाउँपालिकाका अध्यक्ष आशबहादुर थकाली,उपाध्यक्ष शर्मिला गुरुब, प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा टाटा मोटर्स तथा सिप्रदी ट्रेडिङ्ग प्रा. लि. का प्रतिनिधिहरूका साथै सो क्षेत्रका स्थानीय बासिन्दा र टाटा मोटर्सका ग्राहकहरूको पनि सहभागिता थियो ।

जोमसोम क्षेत्रमा टाटा मोटर्सका सबै रेन्जका गाडीहरूलाई सेवा प्रदान गर्ने यो नै पहिलो र एकमात्र वर्कशप हो । उक्त समुद्घाटन समारोहमा बोल्दै टाटा मोर्टसको कर्र्मिर्सयल बिजनेस, कस्टमर केयर इन्टरनेशनल प्रमुख गणेश शेट्टीले भन्नभुयो,“ जब कुनै ग्राहकले टाटाका कुनै उत्पादन खरिद गर्दछ तब उसले टाटाका सेवाहरू माथि अधिकार प्राप्त गर्दछ र सो अधिकार पूरा गर्ने दायित्व कम्पनीको हो ।

Advertisement

टाटा मोटर्सका गाडीहरू किन्ने हाम्रा ग्राहकहरूलाई हाम्रा यी वर्कशपहरूले फेरि प्रत्याभूति र विश्वास दिनेछ भन्ने हाम्रो आशा रहेको छ र सबैभन्दा उच्च स्थानमा समुद्र सतहभन्दा २,७४३ मिटर उचाइँमा वर्कशप खोल्नु भनेको हामी हाम्रा सबै ग्राहकहरूसम्म पुग्छौँ भन्ने कुराको पुनः प्रत्याभूति हो ।”

सिप्रदी ट्रेडिब प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भन्नुभयो,“ बिक्रीपश्चातको सेवा दिने कुरामा सिप्रदी सदैव प्रतिबद्ध छ । सिप्रदीको स्थापनादेखि नै सिप्रदीले सेवालाई उच्च प्राथमिकतामा राख्दै देशका कुनाकाप्चामा भएका ग्राहकहरूसम्म पुग्ने लक्ष्य लिएको छ र जोमसोममा अवस्थित यो वर्कशपले हामीले चाहिरहेको लक्ष्य प्राप्तिका लागि अर्को सफलता दिलाएको छ।”

टाटा मोटर्स र सिप्रदी ट्रेडिङ्ग प्रा.लि. प्रति आभार व्यक्त गर्दै घोरपझोब गाउँपालिकाका अध्यक्ष आशबहादुर थकालीले भन्नुभयो “सिप्रदी र टाटा मोटर्सले जोमसोममा वर्कशप खोल्नु भनेको यो स्थानको महत्व बुझ्नु हो । सिप्रदी र टाटा मोटसर्लाई यहाँ स्वागत छ । हामीलाई विश्वास छ कि यो वर्कशप घोरपझोब गाउँपालिका र कम्पनी दुवैका लागि फाइदाजनक हुनेछ ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री