बिहीबार, १५ चैत २०८०

टाटा नेक्सन बन्यो ग्लोबल एनक्यापबाट फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गर्ने पहिलो र एकमात्र कार

समयपोष्ट २०७६ मंसिर २ गते १९:२६

Advertisement

टाटा मोटर्सको सबैभन्दा मनपराइएको सब कम्प्याक्ट क्रसओभर एसयूभी टाटा नेक्सनले कार सुरक्षातर्फ नयाँ बेन्चमार्क कायम गर्दै अन्तर्राष्ट्रिय कार सुरक्षा नियमन निकाय ग्लोबल एनक्याप गरेको सुरक्षा सम्बन्धी परीक्षणमा फाइभ स्टार प्राप्त गरेको छ । भारतमा फाइभ स्टार प्राप्त गर्ने टाटा नेक्सन एकमात्र कार हो ।

ग्लोबल एनक्यापले गरेको क्र्यास टेस्टमा नेक्सनको स्ट्रक्चर इन्टिग्रिटी र ओभरअल सुरक्षाको आकलन गरिएको थियो । कारको दुवै फ्रन्ट र साइड इम्प्याक्टहरूको पनि परीक्षण गरिएको थियो। ग्लोबल एनक्यापले गरेको दुवै परीक्षणबाट प्राप्त मुल्याङ्कन अंकमा भारतीय बजारका सबै गाडीका मोडलहरूमध्ये टाटा नेक्सनले सबैभन्दा बढी एडल्ट अक्युपेन्ट सेफ्टी स्कोर (१६.०७ र १७.००) प्राप्त गर्दै पूरै फाइभ स्टार रेटिङ प्राप्त ग¥यो ।

यात्रुको पूर्ण सुरक्षाका लागि नेक्सनको बाहिरी बनावट तथा भित्री राखिएको प्रविधिमा विशेष ध्यान पु¥याइएको छ । डुअल फ्रन्ट एअरब्यागहरू र प्रिटेन्सर सहितको सिट बेल्टहरू तथा लोड लिमिटर जस्ता विशेषताहरूले चालक तथा यात्रुहरुलाई पूर्ण सुरक्षा प्रदान गर्दछ ।

टाटा नेक्सनले प्राप्त गरेको पछिल्लो उपलब्धि बारे बाल्दै टाटा मोटर्स, प्यासेन्जर भेइकलका प्रमुख सुजन रोयले भने, ‘आजको समयमा ग्राहकहरूले सुरक्षाका लागि सबैभन्दा महत्वपूर्ण मापक मान्दछन् । ग्लोबल एनक्यापबाट अहिलेसम्मकै सबैभन्दा ठूलो सुरक्षा रेटिङ टाटा नेक्सनले प्राप्त गर्दा हामी एकदमै खुसी छौँ ।

ग्लोबल एनक्यापले गरेको परीक्षणमा प्राप्त सफलता भनेको सुरक्षालाई सधैँ पहिलो प्राथमिकतामा राख्ने हाम्रो प्रतिबद्धताको प्रतिबिम्ब हो । यो नतिजासँगै टाटा नेक्सन भारतमा पूरै फाइभ स्टार रेटिङ पाउने पहिलो कार बन्न सफल भएको छ र कार सेफ्टीमा टाटा नेक्सन सबैभन्दा सुरक्षित कारका रुपमा अगाडि आएको छ ।

ऐरोडाइनमिक सिलुएट भएको टाटा नेक्सन स्पोर्टी डिजाइन रहेको छ । टाटा नेक्सन पाँच वटा भेरियन्टहरूमा उपलब्ध छ (एक्सई, एक्सएम, एक्सटी, एक्सजेड प्लस तथा एक्सजेडए र पाँचवटा रङ्गहरू रातो, नीलो, सिल्भर, ग्रे र सेतोमा उपलब्ध छ । टाटा नेक्सनको वारेन्टी ७५ हजार किलोमिटर वा दुई वर्ष (जुन पहिले आउँछ) रहेको छ ।

४४ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति भएको टाटा मोर्टस लिमिटेड कार, युटिलिटी गाडीहरू, बस, ट्रक र डिफेन्स गाडीहरू उत्पादन गर्ने विश्वकै अग्रणी अटोमोबाइल कम्पनी हो ।

११० अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति भएको टाटा ग्रुपको एक हिस्सा टाटा मोटर्स भारतकै र बृहत रेन्जमा इन्टिग्रेटेड, स्मार्ट तथा इ–मोबिलिटी सलुसनहरू प्रदान गर्ने एकमात्र ओइएम हो ।

बेलायतमा रहेको ज्यागुअर, ल्यान्डरोभर तथा दक्षिण कोरियास्थित टाटा डेइवु सहित १३४ वटा सशक्त सहायक कम्पनीहरूको विश्वव्यापी संजाल मार्फत टाटा मोटर्स बेलायत, दक्षिण कोरिया, थाइल्याण्ड, दक्षिण अफ्रिका र इन्डोनेसिया टाटा मोटर्स सञ्चालनमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री