आइतबार, ६ जेठ २०८१

नेपाल भ्रमण बर्ष २०२० को प्रचार–प्रसारका निम्ती ‘ट्राभल सो’ निर्माण

समयपोष्ट २०७६ कार्तिक २८ गते १७:४२

Advertisement

सरकारले मनाउँदै गरेको भ्रमण बर्ष २०२० को प्रचार–प्रसार गर्ने उद्देश्यले ‘भिजिट नेपाल इयर २०२०’ को सचिवालयले निजी क्षेत्रसँगको सहकार्यमा पल्सर द नेक्स्ट डेष्टिनेसन नामक पाक्षिक टेलिभिजन ‘ट्राभल सो’ निर्माण गरी प्रसारणको तयारी गरेको छ ।

‘भिजिट नेपाल इयर २०२०’ को सचिवालयमा पत्रकार सम्मेलन मार्फत उक्त जानकारी दिईएको हो । कार्यक्रम नेपाल टेलिभिजन तथा हिमालयन टेलिभिजन मार्फत प्रसारण हुने छ । कार्यक्रममा बोल्दै सचिवालयका संयोजक सुरज वैद्यले नेपालको प्रचारप्रसारमा सचिवालय अग्रसर रहेको जनाए ।

द होराईजन मल्टि मिडिया प्रा.लि.,तथा ‘भिजिट नेपाल इयर २०२०’ को सचिवालयलको सहकार्यमा उक्त कार्यक्रम निर्माण गरिएको द होराईजन मल्टि मिडिया प्रा लि का अध्यक्ष राधाकृष्ण धितालले जानकारी दिए ।

Advertisement

नेपाल टेलिभिजन र हिमालयन टेलिभिजनबाट प्रसारण हुने कार्यक्रममा नेपालका विभिन्न २६ वटा पर्यटकीय गन्तव्यलाई समेटिनेछ । पर्यटनको उच्च सम्भावना बोकेका तर प्रचार–प्रसारको अभावले ओझेलमा परेका गन्तव्यलाई उजागर गर्ने कार्यक्रमको लक्ष छ ।

कार्यक्रममा गन्तव्यको ऐतिहासिक, भाषिक, सांस्कृतिक, धार्मिक पाटासँगै त्यहाँको जीवनशैली, खानपान र कथाहरुलाई समेटिने जनाएको छ । प्राकृतिक सुन्दरता सँगै सामाजका लुकेर रहेका विविध आयामलाई पनि प्रकाश पार्नु कार्यक्रमको ध्येय रहेको कार्यक्रमका निर्देशक राधाकृष्ण धितालले बताए ।

कार्यक्रम नेपाली भाषासहित हिन्दी, अंग्रेजी र चिनियाँ भाषामा समेत सव टाइटल गरी विभिन्न माध्यमबाट विभिन्न देशमा समेत प्रचार–प्रसार गरिनेछ । जसले विदेशी पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्ने विश्वास लिइएको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री