शुक्रबार, १४ वैशाख २०८१

चिलिमे र गुराँस लघुवित्तको शेयरमूल्य समायोजन

समयपोष्ट २०७६ कार्तिक २७ गते १२:५७

Advertisement

नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा चिलिमे हाइड्रोपावर र गुराँस लघुवित्तको शेयरमूल्य समायोजन भएको छ।

दुबै कम्पनीले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई लाभांश वितरण गर्न बुकक्लोज गरेसँगै नेप्सेले बुधबार दुबै कम्पनीकाे शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य कायम गरेको हो ।

नेप्सेले चिलिमे हाइड्रोपावरको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ३७३ रुपैयाँ ८३ पैसा कायम गरेको छ।

त्यसैगरी नेप्सेले गुराँस लघुवित्तको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ४१७ रुपैयाँ २४ पैसा कायम गरेको छ । बुधबार दुबै कम्पनीकाे समायोजित मूल्यलाई आधार मानेर नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार खुलेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री