मंगलबार, १८ वैशाख २०८१

शेयर बजार : सूचक र कारोबार दुबैमा सुधार

समयपोष्ट २०८० चैत २७ गते १५:२९

Advertisement

आज नेप्से सूचक ९.१९ अंकले बढेर २०३६.०१ विन्दुमा पुगेको छ। मंगलबार ४ अर्ब १४ करोड ३७ लाख ८३ हजार ९८९ रुपैयाँ बराबरको ९७ लाख ८९ हजार ४१६ कित्ता शेयर कारोबार भएको छ।

आज फाइनान्स उपमूहमा लगानीकर्ताको आकर्षण कायमै देखिएको छ भने त्यसबाहेक अन्य उपसमूह र इन्स्योरेन्स समूहमा पनि लगानीकर्ताको आकर्षण बढेको छ। कारोबारमा आएका १३ उपसमूहमा ३ उपसमूहको सूचक नकारात्मक देखिएका छन् भने बाँकी १० उपसमूहको सूचक सकारात्मक छन्।

आज फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै २.७९ प्रतिशतले बढेको छ भने अन्य उपसमूहको सूचक २.४२ प्रतिशत र निर्जीवन बीमा उपसमूहको सूचक १ प्रतिशतले बढेको छ।

नेपाल फाइनान्स, जानकी फाइनान्स र पोखरा फाइएनान्सको शेयरमूल्य सर्किट लेभलमा कारोबार भएको छ भने इमर्जीङ नेपाल र उन्नति सहकार्य लघुवित्तको पनि उच्च दरमा बढेको छ। यता विन नेपाल लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ भने महुली लघुवित्, सबैको लघुवित्त र समता लघुवित्तको शेयरमूल्य पनि ४ प्रतिशतभन्दा धेरै घटेको छ।

आज सुर्यज्योति लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै १८ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने गोर्खाज फाइनान्सको १६ करोड ५ लाख, हिमालयन रि इन्सयोरेन्सको १५ करोड ४५ लाख र नेपाल फाइनान्सको १५ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री