शुक्रबार, १४ वैशाख २०८१

जब बञ्जीजम्प गर्दा डोरी चुँडियो (भिडियो)

समयपोष्ट २०७६ कार्तिक २७ गते ११:५३

Advertisement

पोल्यान्डको गडीनियामा एकजना बन्जी जम्पर ३३० फीट माथिबाट हाम्फाल्ने क्रममा दुर्घटनामा परेका छन् ।

डोरी चुडिँदा ती जम्परको भुइँमा बजारिएर करङ भाँचिएको छ ।

स्वास्थ्य ठीक भएपनि तत्काल उनी हिँडडुल गर्न सक्ने अवस्थाम भने रहेनमा छैनन् । गडीनिया प्रहरीका क्रिस्टोफ कुस्मीरजिकले घटनापछि घटनास्थलमा रहेका प्रत्यक्षदर्शी र कर्मचारीहरूसँग अन्तर्वार्ता लिइएको बताए ।
घटनाको भिडियो हेर्दा उनको टाउको भुइँमा राखिएको एयरब्यागमा बजारिएको देखिन्छ । एयरब्यागमा बजारिएपछि उनी उफ्रिन्छन् अनि रोकिन्छन् । अनेकौं कर्मचारीहरूले उनी ठीक छन् कि छैनन् भनी हेर्न गएको देखिन्छ ।
स्थानीय समाचार वेबसाइट ट्रोमियास्तो डट् पीएलका अनुसार, भुइँमा बजारिए पछि उनी अचेत भए र उनलाई अस्पताल लगियो । भाग्यवश दुर्घटनाबाट उनी बाँचे । उनको करङ टुक्रिएको छैन र अलिकति भाँचिएको अस्पतालले जनाएको छ । उनको अन्य अंगमा पनि केही चोट पुगेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री