शुक्रबार, १४ वैशाख २०८१

नीता अम्बानीलाई बीच सडकमै राखिएको थियो प्रेम प्रस्ताव

समयपोष्ट २०७६ कार्तिक २३ गते १९:२२

Advertisement

नीता अम्बानी रिलायन्स कम्पनीका मालिक मुकेश अम्बानीकी श्रीमती हुन् । साथै सक्षम व्यवसायी पनि । उनी भारतकै सबैभन्दा धनी महिलाको सूचीमा पर्छिन् । साथै उनी धीरुभाई अम्बानी अन्तर्राष्ट्रिय विद्यालयकी संस्थापक पनि हुन् ।

नीताको पहिलो पटक भरतनाट्यमसँग प्रेम बस्यो । उनकी आमा पूर्णिमा दलाल शास्त्रीय संगितमा पोख्त थिइन् । आमासँगै गुजराती परिवारमा हुर्किएकी नीतालाई पनि सानैदेखि संगितमा लगाव थियो र प्रेम पनि । उनी आज पनि आफ्नो पहिलो प्रेमको रुपमा भरतनाट्यमलाई मान्छिन् ।

त्यसपछि उनको जीवनमा मुकेश अम्बानीको आगमन भयो । फिल्मको कथाजस्तै उनीहरुको प्रेमकहानीले सन् १९८५ को मार्च महिनाको ८ गते विवाहको रुप पाएको थियो । पिता धिरुभाई अम्बानीको रोजाइमा परेकी नीतालाई मुकेश अम्बानीले बीचसडकमा नै प्रेम प्रस्ताव राखेका थिए ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री