बिहीबार, २७ वैशाख २०८१

सैफ अली खानले डिभोर्स भएको लामो समयपछि अमृताको यसरी गरे तारिफ

समयपोष्ट २०७६ कार्तिक २३ गते १८:३६

Advertisement

सैफ अली खानले जेठी श्रीमती अमृता सिंहले आफुलाई कामलाई गम्भीरतापूर्वक लिन सिकाएको बताएका छन् ।

एक अन्तर्वातामा उनले सैफले भने, ‘म घरबाट भागेको थिएँ र २० वर्षको उमेरमा विवाह गरेको थिएँ । म अमृता (सिंह) मेरी जेठी श्रीमतीलाई यो कुराको श्रेय दिन्छु किनभने उनी एक्ली यस्ती व्यक्ति थिइन् जसले यी सबै (काम, शो, बिजनेस) लाई गम्भीरतापूर्वक लिन सिकाइन् । उनले मलाई ‘यदि लक्ष्यमाथि हाँस्छौ भने कहिले पनि त्यो पाउन सक्दैनौ’ भनेकी थिइन् । त्यसपछि मैले ‘परम्परा’ (डेब्यू फिल्म) पाएँ ।’

यश चोपडाको निर्देशनमा बनेको यो फिल्म सन् १९९४ मा रिलिज भएको थियो । फिल्ममा सुनिल दत्त, विनोद खन्ना, आमिर खान र रबिना टन्डनको पनि महत्वपूर्ण भूमिका थियो ।

सैफले बताए अनुसार जब उनले फरहान अख्तरको निर्देशनमा बनेको फिल्म ‘दिल चाहता हे’ पाए, तब उनी आफ्नो भूमिकाका लागि अल्मलमा थिए । उक्त भूमिका कसरी निभाउने उनले बुझिरहेका थिएनन् । त्यतिबेला अमृताले उनलाई आफूमाथि विश्वास गर्न सल्लाह दिएकी थिइन् ।

Advertisement

सैफका अनुसार उनले आफ्नो वरिपरिका लगभग सबैलाई फिल्ममा समिरको भूमिका कसरी निभाउने भनेर सोधिरहन्थे । यहाँसम्म कि उनलाई आमिर खानले पनि सल्लाह दिएका थिए । यद्यपि, अमृताले उनलाई यसबारे किन सबैलाई सोधिरहेको भनेर प्रश्न गरिन् । आफ्नै तरिकाले समिरको भूमिका निभाउनुपर्ने उनले सल्लाह दिइन् । उनले अमृताको सल्लाह माने र समिर आधुनिक सिनेमाका सबैभन्दा मनपराइएका भूमिकामध्ये एक बने ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री