शुक्रबार, १६ चैत २०८०

चर्चित बेलायती अभिनेत्री लुम्ले भ्रमण वर्ष को सद्भावना दूत नियुक्त

समयपोष्ट २०७६ कार्तिक २२ गते १२:३८

Advertisement

चर्चित बेलायती अभिनेत्री तथा लेखक जोआन्ना लुम्ले नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत नियुक्त भएकी छन् ।

बेलायत भ्रमणमा रहेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बिहीबार बेलायतको हाउस अफ लर्डस (माथिल्लो सदन)मा आयोजित एक समारोहमा उनलाई सद्भावना दूत नियुक्त गरेका हुन् ।

सो अवसरमा बेलायतका सांसद भारतीय मूलका राजनीतिक सन्दिपकुमार बर्मा र बेलायतकै धनाड्य ब्यापारी गोपीचन्द परमानन्द हिन्दुजालाई पनि नेपाल भ्रमण वर्ष २०२० को अभियान सफल पार्न सद्भावना दूत नियुक्त गरिएको नेपाली दूतावासले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री