बिहीबार, १५ चैत २०८०

नेपाल बैंकको नाफा ३६.३३ प्रतिशतले घट्यो

समयपोष्ट २०७६ कार्तिक २२ गते ११:४२

Advertisement

नेपाल बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ५८ करोड १८ लाख २३ हजार खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ९१ करोड ३८ लाख ८३ हजार खुद नाफा आर्जन गरेको थियो ।

अघिल्लो आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा बैंकको नाफा ३६.३३ प्रतिशतले घटेकोे हो ।

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने ६५ करोड ६६ लाख ५४ हजार मात्रै रहेको छ । बैंकको निक्षेप गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निक्षेप १.३५ प्रतिशतले घटेको छ । बैंकले असोज मसान्त सम्ममा १ खर्ब १४ अर्ब ७९ करोड ८२ लाख २१ हजार पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ खर्ब १७ अर्ब २० करोड ७ लाख ८८ हजार निक्षेप संकलन गरेको छ । बैंकले गत आर्थिक वर्षको तुलनामा कर्जा लगानी ०.२६ प्रतिशतले वृद्धि गर्दै ९२ अर्ब ६५ करोड ९२ लाख १० हजार पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ९२ अर्ब ४१ करोड ४० लाख ६४ हजार कर्जा लगानी गरेको थियो ।

९ अर्ब ८१ करोड ११ लाख ४८ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा १३ अर्ब २५ करोड ४८ लाख ७९ हजार राखेको छ । प्रथम त्रैमासमा बैंकले १ अर्ब ३२ करोड ८२ लाख ६२ हजार खुद ब्याज आम्दानी गरेको छ जुन गत आर्थिक वर्षको भन्दा ३.०५ प्रतिशतले कम हो । बैंकले गत आर्थिक वर्षको प्रथम त्रैमासमा १ अर्ब ३६ करोड ९९ लाख ९८ हजार खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी २३ रुपैयाँ ७२ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ २ सय ९९ रुपैयाँ ८१ पैसा रहेको छ । यस्तै मुल्य आम्दानी अनुपात १४.५४ गुणा, पुँजीकोष अनुपात १८.०१ प्रतिशत, खरब कर्जा २.७५ प्रतिशत, आधार ब्याजदर ७.८४ प्रतिशत, कोषको लागत ५.२२ प्रतिशत, सिसिडी रेसियो ६८.६३ प्रतिशत र ब्याजदर अन्तर (स्प्रड रेट) ४.४७ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री