शुक्रबार, ७ वैशाख २०८१

पाटन उच्च अदालतमा एनआईसी एशिया बैंकको विस्तारित काउण्टर

समयपोष्ट २०७६ कार्तिक २२ गते ९:४२

Advertisement

एन आई सी एशिया बैंक लिमिटेडले ललितपुरस्थित उच्च अदालत पाटन परिसरमा विस्तारित काउण्टर स्थापना गरेको छ ।

काउण्टरको उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीले आज एक समारोहका बीच उद्घाटन गरे ।

उद्घाटन समारोहमा प्रमुख अतिथि नहकुल सुवेदीले उच्च अदालत पाटन परिसरमा बैंकको उपस्थितिले सेवाग्राहीलाई सहयोग पुग्ने तथा शुल्क भुक्तानी प्रक्रियामा थप आर्थिक पारदर्शिता कायम हुने विश्वास व्यक्त गरे ।

उच्च अदालत परिसरमा विस्तारित काउण्टर संचालनमा आएसँगै सेवाग्राहीलाई अदालती शुल्क, दस्तुर बुझाउन तथा आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले बताए । उद्घाटन समारोहमा उच्च अदालतका रजिष्ट्रार बाबुराम दाहाललगायतले आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री