शनिबार, ८ वैशाख २०८१

‘मिसेस ब्यूटी क्वीन’ को आवेदन खुल्यो

समयपोष्ट २०७६ कार्तिक २१ गते १२:५४

Advertisement

सिजन मिडिया आयोजक रहेको विवाहित महिला केन्द्रित ‘मिसेस व्यूटी क्विन नेपाल २०१९’को तेस्रो संकरण सुरु भएको छ । आयोजक सिजन मिडियाले एक बिज्ञप्ती जारी गर्दै आवेदन फर्म खुला गरिएको जनाएको छ ।

विवाहित महिलाहको सहभागिता रहने प्रतियोगिता उनीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि गर्दै नेतृत्वदायी क्षमताको विकास गर्ने उदेश्यले आयोजना हुँदै आएको सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदीपराज वन्ते बताए ।

दशक लामो समयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सौदर्य प्रतियोगिता गर्दै आएकोे मिडियाले यो संस्करणमा ३० प्रतियोगी समावेश गराउनेछ ।

प्रतियोगिताका विजेताले ‘मिसेस व्यूटी क्वीन नेपाल २०१९’को शीर्ष उपाधिका साथ टिभिएस स्कुटर, इन्डोनेसीयाको वाली भ्रमणको लागि ३ वटा हवाई टिकट र विभिन्न गिफ्ट हात पार्ने छन् । प्रतियोगितामा शिर्ष बाहेक विभिन्न १७ विधामा समेत बिजेता छानिने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री