शुक्रबार, ७ वैशाख २०८१

महमा मिसावट भए नभएको यसरी थाहा पाउनुहोस्

समयपोष्ट २०७६ कार्तिक २१ गते ११:१७

Advertisement

मह स्वास्थको लागि निकैनै लाभदायक मानिन्छ । तर आजका मिसावटरहित मह बजारमा पाउन मुश्किल प्राय छ । मह मा मिसावट छ या छैन भन्ने कुरा छुट्टाउन नसक्दा हामी मिसावट भएको मह खान बाध्य भएका हुनसक्छौ । आखिर कसरी पहिचान गर्ने त महको शुद्दता ?

महलाई चिन्ने सबैभन्दा राम्रो र सजिलो तरिका तातो पानी हो । यसको लागि काँचको गिलास या कचौरामा तातो पानी भर्नु पर्छ । त्यसमा एक चम्चा मह हाल्नुपर्छ । त्यो मह पानीमा घुल्यो भने सम्झनुहोस् यसमा मिसावट छ । यदि पानीमा त्यो घुलेन भने मिसावट मुक्त मान्न सकिन्छ । मिसावटी मह बनाउनको लागि चिनी या सख्खरको प्रयोग गरिन्छ । त्यसैले त्यो पानीमा घुल्छ ।

अर्को पानीबाट जाँच गर्न सकिएन भने यसलाई आगोमा मिसाएर परीक्षण गर्न सकिन्छ । यसको लागि पहिले एउटा मैनबत्ती जलाउनुहोस् र त्यसमा एउटा काठमा कपास राखेर त्यसको बाहिर मह दल्नुहोस् । त्यो मह लगाएको कपास जल्यो भने त्यो मह शुद्ध मान्न सकिन्छ । त्यदि त्यो कपास बल्न समय लाग्यो भने त्यो महमा मिसावट भएको पुष्टि हुन्छ ।

महको शुद्धताको जाँच ब्लोटिङ वा टिस्यु पेपरबाट पनि गर्न सकिन्छ । यसको लागि टिस्यु पेपरमा महको एक एक थोपा हाल्नुपर्छ । यदि महमा पानीको मिसावट छ भने त्यो पेपरले पानी सोस्छ । शुद्ध मह भने त्यो पेपरको माथि नै रहन्छ ।

दैनिक खाने पाउरोटी पनि महको परीक्षणमा सहायक हुने गर्छ । शुद्ध मह पाउरोटीमा लगाउँदा त्यो कठोर हुने गर्दछ । जबकी मिसावट भएको मह पाउरोटीमा लगाउँदा झनै नरम हुने गर्दछ ।

महको एक थोपालाई बुढी औंला र चोर औंलाले च्याप्नुपर्छ । त्यसपछि बिस्तारै दुई औंला फट्याउनु पर्छ । यस्तो हुँदा दुई औंलाबीच मोटो तार बन्यो भने त्यो मह शुद्ध मान्न सकिन्छ । शुद्ध मह दुबै औंलामा टाँसिएर बसेको हुन्छ । त्यसैले यसमा तार बन्ने गर्छ । तर, मिसावटी मह त्यसै फाटिने गर्छ ।

काँचको गिलास या कचौरामा एक ठूलो चम्चाको एक चम्चा पानी हाल्नुपर्छ । त्यसमा २/३ थोपा सिरका र थोरै पानी हालेर राख्नुपर्छ । दुई तीन मिनेटसम्ममा त्यसमा फोका उठ्न थाल्यो भने जान्दा हुन्छ कि महमा मिसावट छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री