शनिबार, १५ वैशाख २०८१

छुटिन् राम रहिमकी सहयोगी हनीप्रीत

समयपोष्ट २०७६ कार्तिक २१ गते १०:५५

Advertisement

डरा सच्चा सौदा प्रमुख गुरमीत सिंह राम रहीमकी सहयोगी हनीप्रीत इंसा अंबालाको सेन्ट्रल जेलबाट छुटेकी छिन् ।

राम रहीम बलात्कार मामलामा दोषी ठहरिएपछि पंचकूलामा हिंसाको षड्यन्त्र रचेको आरोपमा जेल गएकी उनलाई पंचकूलाको एक अदालतले बुधबार जमानत दिएको हो ।

हनीप्रीत करिब दुई वर्षदेखि जेलमा बन्द थिइन् । यसअघि गत हप्ता अदालतले हनीप्रीतमाथि लागेको देशद्रोहको आरोप हटाइएको थियो । त्यसपछि नै उनी जमानत रिहा हुनसक्ने अनुमान गरिएको थियो ।

पंचकूला हिंसा र राम रहीम जेल गएपछि हनीप्रीत फरार भएकी थिइन् । पछि अक्टोबर २०१७ मा पुलिसले उनलाई पक्राउ गरेको थियो ।

हनीप्रीतका वकिल एपी सिंहले बीबीसी संवाददाता अरविन्द छाबडाकासँगको कुराकानीमा अदालतले हनीप्रीतिको जमानत स्विकार गरेको बताए ।

सिंहले भने, ‘उनीहरुले हनीप्रीतको जमानतका लागि याचिका दर्ता गरेको थिए । जसमाथि सुनुवाई गर्दै अदालतले उनलाई जमानत दिएका छन् ।’

डेरा सच्चा सौदामा हनीप्रीतको हैसियत निकै ठूलो थियो । डेरासँग सम्बन्धित मानिसहरुको दाबी अनुसार राम रहीमपछि डेरेको जिम्मेवारी हनीप्रीतसाग हुन्थ्यो ।

हनीप्रीतको वास्तविक नाम प्रियंका तनेजा हो । उनका हजुरबुवा र बुवा डेरासँग सम्बन्धित थिए । डेरामा आउनुअघि उनको विवाह विश्वास गुप्ता नामका व्यक्तिसँग भएको थियो तर पछि दुईको सम्बन्धविच्छेद भयो । विश्वास गुप्ताका परिवार पनि डेरासँग सम्बन्धित थिए ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री