शनिबार, ८ वैशाख २०८१

अण्डा खाने बाजी: ५० वटा अण्डामा ४२ वटा खाएपछि मृत्यु

समयपोष्ट २०७६ कार्तिक १९ गते १३:४३

Advertisement

भारतको उत्तरप्रदेशको जौनपुरमा अण्डा खाने बाजी राख्दा एक ब्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४२ बर्षिय ट्र्याक्टर चालक सुभाष यादव रहेका छन् ।

उनी आफ्ना साथीसँग अण्डा खान गएका बेला दुबैबीच कसले धेरै अण्डा खानसक्छ भनेर बाजी परेपछि यस्तो घटना भएको शाहगंज कोतवाली इन्चार्ज जेपी सिंहले जानकारी दिए ।

भारतीय मिडियामा प्रकाशित समाचार अनुसार जसले ५० वटा अण्डा र एक बोतल रक्सी पिउन सक्छ, उसलाई दुई हजार भारु दिइने यी दुईबीच सहमती भयो । सुभाषले शर्त स्विकार गरेर अण्डा खान सुरु गरे । उनले ४१ वटा अण्डा खाए तर जब उनले ४२ औं वटा अण्डा खाए, उनी बेहोस भएर ढले ।

घटनास्थलमा भएका मानिसहरुले उनलाई अस्पताल पुर्‍याए । उनको स्थिती गम्भीर हुँदा डाक्टरले उनलाई लखनउको पिजीआई अस्पताल लैजान भने । जहाा उनको उपचारको क्रममा मृत्यु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री