शुक्रबार, ४ जेठ २०८१

चोरले घरको मञ्जन समेत नराखी चोरे, चोरेपछि लिपिस्टिकले लेखे, ‘भाउजु निकै राम्री हुनुहुन्छ’

समयपोष्ट २०७६ कार्तिक १९ गते ११:१३

Advertisement

भारतको पटनास्थित पत्रकार नगरमा चोरले मञ्जन समेत नराखी घर चोरी गरेको छ । छठ मनाउन गाउँ गएका एक ब्यापारीको घरमा ६० लाख नगद, गहनाबाहेक घरका हरेक महँगा सामान चोरी गरेको भारतीय मिडियाले बताएका छन् ।

चोरले ६० लाख नगद चोरे र जाँदा जाँदै व्यापारी र उनकी श्रीमतीबारे ऐनामा आफ्ना भावना पनि लेखेका छन् ।

चोरले लिपस्टिकले ड्रेसिङ टेबलको सीसामा ‘भाउजु निकै राम्री हुनुहुन्छ’ लेखे भने दाइ अर्थात् व्यापारीका लागि भने उनीहरुले अपशब्दको प्रयोग गरेको बताइएको छ । चोरले थप लेखे, ‘भाउजु धन्यवाद, भगवानको कृपाले तपाईं धेरै उन्नती गर्नुहोस् ।’

चोरहरुले दराजदेखि खाट वरिपरिका सबै कुरा अस्तव्यस्त पारिदिएको बताइएको छ । पीडितले पत्रकार नगर थानामा चोरीको मामला दर्ता गरेका छन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री