भिजिट भिसामा विदेश जाने मापदण्ड परिमार्जन, आजैदेखि लागू

सकारले भिजिट भिसामा विदेश जाने नागरिकका लागि तोकिएको मापदण्ड परिमार्जन गरेको छ। 
अध्यागमन विभागले शुक्रबार पत्रकार सम्मेलन गरी परिमार्जित मापदण्ड आजैदेखि लागू भएको जानकारी गराएको हो।
विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार अब भिजिट भिसामा विदेश जानेहरूले तीन मुख्य कागजातसहित चार सर्त पूरा गर्नुपर्नेछ।
परिमार्जित सर्तहरू :
-कम्तीमा ६ महिना वैध राहदानी हुनुपर्नेछ।
-सम्बन्धित देशको प्रवेशाज्ञा (भिसा) वा अन–अराइभल भिसा सुविधा उपलब्ध मुलुकका लागि भिसा आवश्यक नपर्ने।
-प्रस्थान गन्तव्यको हवाई टिकट र आवश्यक कागजात पेस गर्नुपर्नेछ।
-स्वयं जिम्मेवार रहने स्वघोषणा पत्र पेस गर्नुपर्नेछ, जसमा यात्राबाट उत्पन्न हुने सबै परिणामको जिम्मेवारी यात्रु स्वयंले लिने उल्लेख हुनेछ।
यसअघिको छ बुँदे मापदण्डले नागरिकको थप आर्थिक तथा प्रशासनिक भार बढाएको र व्यवहारिक नभएको गुनासो आएपछि मापदण्ड सरलीकरण गरिएको विभागले जनाएको छ।
 




























 
	
प्रतिक्रिया