शुक्रबार, १४ कार्तिक २०८२

ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

समयपोष्ट २०८२ कार्तिक १४ गते १५:५२

Advertisement

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई सरकारको अनुमतिबिना काठमाडौँ उपत्यका बाहिर जान नपाउने गरी तोकिएको स्थानहदविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

शुक्रबार न्यायाधीशहरूको संयुक्त इजलासले उक्त रिट निवेदनमा अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गर्दै आदेश दिन अस्वीकार गरेको हो।

सरकारले राष्ट्रिय सुरक्षा र अनुसन्धानका आधारमा उनीहरूमाथि स्थानहद तोकेको थियो।

रिट निवेदकहरूले स्थानहदलाई संवैधानिक अधिकारको उल्लङ्घन भएको दाबी गरे पनि अदालतले तत्काल राहत दिन आवश्यक नदेखिएको जनाएको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री