बिहीबार, १३ कार्तिक २०८२

जेनजी आन्दोलनमा प्रहरीको बर्दी लगाउँदै लुटपाट र आगजनी गर्ने पक्राउ

समयपोष्ट २०८२ कार्तिक १३ गते १२:४५

Advertisement

जेनजी आन्दोलनको क्रममा प्रहरीको बर्दी लुटेर लगाउँदै लुटपाट, आगजनी र तोडफोड गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका १८ वर्षीय रिहान गुरुङ, नुवाकोट घर भएका १८ वर्षीय समीर श्रेष्ठ र रामेछाप घर भएका १७ वर्षीय दिवस बस्नेत रहेका छन् ।

प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूलाई गोकर्णेश्वर नगरपालिकाको तालिनचोकबाट बुधबार पक्राउ गरेको हो ।

सीसीटिभी फुटेजको आधारमा पहिचान गरी उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री