बिहीबार, १३ कार्तिक २०८२

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

समयपोष्ट २०८२ कार्तिक १३ गते ११:४६

Advertisement

प्रतिकूल मौसमका कारण आज बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरू प्रभावित भएका छन् ।

कम भिजिबिलिटी र खराब मौसमले जहाजहरूको उडान तथा अवतरणमा समस्या उत्पन्न भएको हो ।

विमानस्थल कार्यालयका अनुसार कतारको दोहाबाट काठमाडौं आउँदै गरेको नेपाल एयरलाइन्सको जहाजलाई भारतको नयाँ दिल्ली डाइभर्ट गरिएको छ ।

त्यस्तै, दिल्लीबाट आएको एयर इन्डियाको जहाज लखनऊ डाइभर्ट भएको छ भने दिल्लीबाटै आएको इन्डिगो एयरको जहाजलाई पनि दिल्लीमै फर्काइएको छ ।

Advertisement

आन्तरिक उडानहरू पनि प्रभावित भएका छन् । बिहान लुक्लातर्फका सबै निर्धारित उडानहरू रद्द गरिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री