मंगलबार, ४ कार्तिक २०८२

पूर्वराष्ट्रपति भण्डारीको घरमा आगजनी गरेको आरोपमा थेवे पक्राउ

समयपोष्ट २०८२ कार्तिक ४ गते १९:५२

Advertisement

जेनजी आन्दोलनका क्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीको घरमा तोडफोड र आगजनी गरेको आरोपमा सोनम थेवे पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, चक्रपथ, महाराजगन्ज क्षेत्रमा विभिन्न हुलहुज्जतपूर्ण गतिविधिमा सक्रिय रहेका थेवेले गत २४ गते भंगालस्थित पूर्वराष्ट्रपति भण्डारीको घरमा तोडफोड र आगजनीमा संलग्नता जनाएका थिए।

प्रहरीले उनलाई आइतबार पक्राउ गरेको हो। थेवेले आफूलाई गुण्डा नाइके चक्रे मिलन समूहसँग आबद्ध रहेको बताउँदै आएका छन्। उनी धुम्बराही क्षेत्रका व्यवसायीहरूलाई धाक-धम्की दिई रकम असुल्ने कार्यमा समेत संलग्न रहेको प्रहरीको भनाइ छ। पटके गुण्डाको रूपमा परिचित थेवेमाथि गुण्डागर्दीको आरोपमा थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री