मंगलबार, २८ असोज २०८२

महिला क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि क्यानले खुलायो भ्याकेन्सी

समयपोष्ट २०८२ असोज २५ गते १०:०९

Advertisement

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि भ्याकेन्सी खुलाएको छ ।

सामाजिक सञ्जाल फेसबुकबाट एक सुचना प्रकाशित गर्दै क्यानले प्रमुख प्रशिक्षकका लागि भ्याकेन्सी खुलाएको हो ।

लेभल-३ ईसीबी वा सीए प्रमाणीकरण र कम्तिमा पाँच वर्षको व्यावसायिक प्रशिक्षण अनुभव आवश्यक भएको हुनुपर्ने छ ।

जसले टोलीलाई सिनियर टी-२० महिला विश्वकप ग्लोबल छनोट र यू-१९ विश्वकप छनोटको लागि तयार पार्ने लक्ष्य राखेको छ।अक्टुबर २५ सम्मका लागि आवेदन खुला गरिएको छ ।

Advertisement

क्यानले महिला क्रिकेट टीमलाई अन्तरराष्ट्रिय स्तरको प्रशिक्षण दिई राम्रो नतिजा दिन सक्ने क्षमता भएको हुनुपर्ने उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री