जेनजी आन्दोलन : बीमा दाबी रकम २३ अर्ब २२ करोड नाघ्यो
जेनजी आन्दोलनका क्रममा भएको भौतिक तथा अन्य क्षतिको बीमा दाबी रकम करिब २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँ पुगेको छ।
नेपाल बीमा प्राधिकरणका अनुसार, १४ वटा निर्जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीमा परेका कुल ३,०९९ वटा बीमा दाबीबाट यो रकम संकलन भएको हो।
प्राधिकरणले प्राप्त तथ्यांकअनुसार, बुधबारसम्ममा निर्जीवन बीमा कम्पनीहरूले अग्रिम भुक्तानीसहित करिब १ अर्ब २९ करोड १९ लाख रुपैयाँ भुक्तानी गरिसकेका छन्।
क्षतिको मूल्यांकनका लागि कम्पनीहरूले २,७०६ सर्भेयर खटाएका छन्, जसमध्ये हालसम्म ३७४ सर्भे प्रतिवेदन प्राप्त भएको प्राधिकरणले जनाएको छ।
सर्भेयरहरूले क्षतिको विस्तृत अध्ययन गरी प्रतिवेदन तयार गर्ने कार्यलाई तीव्रता दिइरहेको बताइएको छ।
जेनजी आन्दोलनका कारण भएको क्षतिप्रति बीमा कम्पनीहरूले तीव्र गतिमा दाबी प्रक्रिया अघि बढाइरहेको र प्रभावितहरूलाई छिटोभन्दा छिटो राहत प्रदान गर्न प्रयासरत रहेको प्राधिकरणले उल्लेख गरेको छ।
प्रतिक्रिया