शुक्रबार, २ साउन २०८२

बजाज मोटरसाइकलको आकर्षक साटा–साट योजना शुरू

समयपोष्ट २०८१ कार्तिक ९ गते १२:१३

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक र बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले मोटरसाइकल साटा–साटको नयाँ योजना प्रस्तुत गरेको छ। यस योजनामा, ग्राहकहरूले जुनसुकै मोडल र ब्राण्डको मोटरसाइकललाई बजाजका कुनै पनि मोडलसँग साट्न सक्नेछन्।

हंसराज हुलास चन्द एण्ड कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले यस योजनाबारे जानकारी दिँदै भने, “बजाज बाईकको लोकप्रियता र हाम्रा ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्दै हामीले यो सुनौलो योजना शुरू गरेका हौं। हामी हाम्रा ग्राहकहरूका लागि नयाँ नयाँ योजनाहरू ल्याउने प्रतिवद्धता व्यक्त गर्दछौं।”

यो साटासाट कार्यक्रम भण्डै ८० भन्दा बढी देशमा बजाज मोटरसाइकलको लोकप्रियतालाई ध्यानमा राखेर तयार गरिएको हो। ग्राहकहरूले तुरुन्त फाइनान्सको व्यवस्था पाउनेछन्, साथै साटासाट गर्ने ग्राहकहरूलाई निःशुल्क बजाज मोटरसाइकलका सामग्री पनि उपलब्ध गराइनेछ।

यो योजना २०२३ सालको कार्तिक ८ गतेदेखि लागू भएको छ। ग्राहकहरूले आफ्नो पुरानो मोटरसाइकललाई साटेर नयाँ बजाज मोटरसाइकल प्राप्त गर्न अब सजिलैसँग मौका पाउनेछन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री