सोमबार, २३ असार २०८२

सामसुङ ग्यालेक्सी एस २४ एफई सार्वजनिक

समयपोष्ट २०८१ कार्तिक ६ गते ९:२१

Advertisement

सामसुङ नेपालले ग्यालेक्सी एस २४ एफईको लन्च गरेको छ । यसबाट अझै धेरै प्रयोगकर्ताहरूले प्रिमियम मोबाइल अनुभवहरू प्राप्त गर्ने कम्पनीकाे दाबी छ।

एआई–बाट परिष्कृत फोटोग्राफी,अत्याधुनिक विशेषताहरु तथा थप ग्यालेक्सी एआई सुविधा जस्ता ग्यालेक्सी एस २४ सिरिजको फ्ल्यागशिप नवचारहरूको अनुभव अब अझ धेरै प्रयोगकर्ताहरूले पाउने सामसुङले जनाएकाे छ ।

ग्यालेक्सी एस२४ एफईमा एआई–आधारित प्रोभिजुअल इन्जिन र ग्यालेक्सी एआईको फोटो असिस्टको प्रयोग गरिएकाे छ । यस फाेनमा ६.७ इन्चको डायनामिक एमोलेड २x डिस्प्ले, लामो समयसम्म चल्ने ४७०० एमएएच ब्याट्री, र शक्तिशाली एक्सिनो २४००इ सिरिज चिपसेट पाउन सकिनेछ । ग्यालेक्सी एस२४ एफईले प्रिमियम ग्यालेक्सी एआई र इकोसिस्टम कनेक्टीभिटी प्रदान गर्छ ।

सामसुङको डायनामिक एआई–संचालित क्यामेरा इन्जिन, प्रोभिजुअल इन्जिनले क्यामेरा सिस्टमको क्षमताहरू अझ धेरै बढाएको छ । एफई सिरिजमा पहिलो पटक आएको प्रोभिजुअल इन्जिनले धेरै सुधारिएको टेक्नोलोजीको सुविधा दिन्छ । एआई छवि सङ्केत प्रशोधन (ISP) को साथ नाइटग्राफीले कम प्रकाश प्रदर्शनमा सुधार गर्न, सुन्दर नाइट पोर्टेटहरू लिने क्षमता दिने कम्पनीकाे भनाइ छ ।

Advertisement

अप्टिकल ३x जुमको अतिरिक्त २x बाट जुम स्तरहरूमा अप्टिकल–गुणस्तरको पर्फर्मेन्स दिन वाइड क्यामेराको ५०एमपी एडप्टिभ पिक्सेल सेन्सरसँग काम गर्दछ । एआई जुमले डिजिटल जुम लम्बाइहरू बिचको दूरीमा परिष्कृत छवि गुणस्तर पनि प्रदान गर्दछ ।

एडिट गर्नुपरेमा, फोटो असिस्ट सुविधाहरू दिइएकाे छ । ग्यालेक्सी एस२४ सिरिजका डिभाइसहरूमा ग्यालेक्सी एआई इमेजहरू एडिट गर्न सहज हुनेछ । जेनेरेटिभ एडिटले अब्जेक्ट चलाउने र हटाउने क्षमताहरू मार्फत् पुनः सम्पादन गर्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री