शुक्रबार, १४ वैशाख २०८१

सिटिजन लाइफको सप्ताहव्यापी कार्यक्रम सम्पन्न

समयपोष्ट २०७९ कार्तिक ६ गते १८:४६

Advertisement

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो पाचौँ वार्सिकोत्सवको अवसरमा सुरु गरेको सप्ताहव्यापी कार्यक्रम आज सम्पन्न गरेको छ ।

कम्पनीले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा संस्थागत समाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा यस वर्ष असोज ३१ गते देखि कार्तिक ६ गतेसम्म प्रधान कार्यालय लगायत कम्पनीका विभिन्न शाखाले स्थानिय तहमा एक साता सम्म विभिन्न संस्थागत समाजिक उत्तरदायित्व सम्बन्धित कार्यक्रम गरेर मनाएको छ ।

कम्पनीले यस वर्ष विशेष प्राथमिकतामा राखेको रक्तदान कार्यक्रममा देश भरिका २८ वटा शाखाको आयोजकता मा १०७३ पिन्ट रगत संकलन गर्न सफल भएको जनाएको छ । डेङ्गु लगायत विभिन्न भाइरल ज्वोरोका कारण धेरै नेपालीहरु अस्वस्थ्य रहेको बेला १०७३ पिन्ट रगत संकलन गर्न सफल हुनु आफ्नै लागी गौरवको कुरा भएको कम्पनीले जनाएको छ र सबै डोनरहरुलाई धन्यवाद ज्ञापन गर्दै, यसले रेड क्रस, ब्लड बैंक लगायतका संस्था र आवश्यक पर्ने सबैलाई मद्दत मिल्ने अपेक्षा राखेको छ ।

यसैगरी जनसमुदायमा जीवन बीमा प्रतिको चेतना वृद्धी गर्न निकै अवाश्यक रहेकोले कम्पनीले यस वार्सिकोत्सवको अवसरमा फेसबुक लाइभ मार्फत इन्स्योरेन्स हाजिर जवाफ प्रतियोगिता सुरु गर्दै देशभरी ८ वटा स्थानमा बीमा सचेतना सम्बन्धित भव्य सडक ¥याली प्रस्तुत गरेको थियो । यस ¥यालीमा देशभर बाट १००० भन्दा बढीको सहभागिता थियो ।

यसका साथै कम्पनीले विभिन्न शाखाको आयोजकतामा देशका विभिन्न ११ स्थानमा वृक्षा रोपण कार्यक्रम सम्पन्न गरेको छ । ३० वटा विभिन्न पार्क, धार्मिक तथा पर्यटकिय स्थलहरुमा वृहत सरसफाइ लगायत डस्टिबन वितरण गरेको छ । केही शाखाले विभिन्न संघ संस्थासँगको सहकार्यमा निःशुल्क आँखा सिविर, दन्त सिविर, सम्पुर्ण (होलबडी) सम्बन्धि परामर्श सेवा लगायतका कार्यक्रम गरी ७०० भन्दा बढीलाई सेवा प्रधान गरेको छ । यसका साथै केहि शाखाले योग सिविर, खाधन्न वितरण, ब्याड्मिन्टन प्रतियोगित, ट्राफिक सचेतना लगायतका कार्यक्रमको समेत आयोजना गरेका थिए ।

आज सप्ताह व्यापी कार्यक्रमको समापनको अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले कार्यक्रम सफलता पुर्वक समापन भएकोमा खुशी व्यक्त गर्दै, सम्मिलित सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
यसका साथै कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यवसायिक उपलब्धि हासिल गर्ने कुरामा विश्वस्त रहेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री