बिहीबार, १३ वैशाख २०८१

सन्दीप लामिछाने विमानस्थलबाटै पक्राउ, हत्कडी लगाएर हिरासत लगियाे

समयपोष्ट २०७९ असोज २० गते ११:२२

Advertisement

नाबालिक बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय किक्रेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् ।

कतार एअरवेजको जहाजबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएलगत्तै सन्दीपलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

उनले प्रहरीसामु आत्मसमर्पण गर्ने बताएका थिए । उनलाई प्रहरीले विमानस्थलबाट हतकडीसहित प्रकाउ गरेको छ । उनकाे हातमा प्रहरीले हतकडी लगाएर विमानस्थलबाट बाहिर निकालेकाे थियाे ।

विमानस्थल ट्रमिनलमा प्रहरीको गाडी तैनाथ अवस्थामा राखिएको थियाे। ठूलो संख्यामा प्रहरी खटाइएको छ । उनलाई सिधै गौशाला प्रहरी वृतमा लगिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री