बिहीबार, २० वैशाख २०८१

  दुर्गम जिल्लाका महिला तथा सिमान्तकृत वर्गमा  प्रभु बैंकले वित्तीय पहुँच पुर्‍याउने 

समयपोष्ट २०७३ कार्तिक ११ गते १०:३३


काठमाडौं । प्रभु बैंकले दुर्गम जिल्लाका महिला तथा सिमान्तकृत वर्गमा वित्तीय सेवाको पहुँच पुर्‍याउने भएको छ  । 

Advertisement

दुर्गम जिल्लाका महिला तथा सिमान्तकृत वर्गमा वित्तीय सेवाको पहुँच बढाउने उद्देश्य सहित विहीबार  प्रभु बैंक र बेलायती विकास सहयोग नियोग (युकेएड)बाट सञ्चालित सक्षम कार्यक्रमबीच  सम्झौता भएको हो  ।

सम्झौताअनुसार प्रभु बैंकले मनाङ, रुकुम र अछाम जिल्लामा ३ वटा शाखा र १५ वटा शाखा रहित बैकिङ कार्यालय सञ्चालनमा ल्याउने छ ।

परियोजनाको सहयोगमा बैंकले स्थानीय जनताको जीवनस्तर उकास्नका लागि बिना धितो नरनारी उद्यमशिल कर्जा, कृषि ऋण तथा कम व्याजदरमा आवास निर्माणका लागि ऋण दिने छ ।

 प्रभु बैंकले आफ्ना तीन शाखा र १५ वटा शाखा रहित कार्यालय मार्फत बैंकिङ सेवाको पहुँच नभएको स्थानका जनतालाई कृषि र पशुपालनमा ऋण प्रवाह गर्ने छ ।
सम्झौतामा बैंकले मनाङको चामे, रुकुमको मुसीकोट र कमलाबजारमा शाखा खोल्दै सेवा दिने छ ।

Advertisement

बैंकले यी ठाउँमा एटिएम र मोबाइल बैंकिङ सेवा पनि सञ्चालन गर्ने जनाएको छ ।

बैंकले यो योजना अन्तर्गत यी जिल्लाका विभिन्न स्थानमा १५ वटा शाखा खोल्नेछ । यो कार्यक्रम पाँच वर्षसम्म चल्ने छ ।

यसैगरी बैकले स्थानीयस्तरमा उद्योगधन्दा सञ्चालन गर्न, कम व्याजमा घर निर्माण कर्जा लगायत सुविधा उपलब्ध गराउने बताइएको छ ।

दुबै संस्थाले परियोजना सञ्चालन गर्न ७ करोड ११ लाख ८९ हजार ४ सय ४२ रुपैयाँको कोष खडा गरेका छन् ।

बेलायतको विकास नियोग युके एडको सक्षम कार्यक्रम अन्तर्गत प्रभु बैंकसहित ३६ वटा राष्ट्रिय स्तरका ‘क’ वर्ग र विकास बैंकसँग सम्झौता भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री