शुक्रबार, ७ वैशाख २०८१

सांग्रिला डेभलपमेन्ट बैंकको ३ महिनाको नाफा ४ करोड

समयपोष्ट २०७३ कार्तिक १० गते ५:३२

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष ०७३/७४ को प्रथम त्रैमासिक अवधिमा ६ करोड ९७ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ ।

Advertisement

बैंकले यस अवधिमा १० अर्ब ९४ करोड निक्षेप संकलन गरी ९ अर्ब ८० करोड कर्जा प्रवाह गर्दा उक्त रकम सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।  

उनका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निक्षेपमा २ अर्ब ४२ करोड अर्थात् २८.४१ प्रतिशत, कर्जामा ३ अर्ब १९ करोड अर्थात ४८.४० प्रतिशत तथा मुनाफामा १ करोड २४ लाख अर्थात् ३८.८६ प्रतिशतले वृद्धि भएको छ ।

बैंकको चुक्ता पुँजी १ अर्ब ७ करोड ३४ लाख ५६ हजार रुपैयाँ छ । सांग्रिलाले ३१ वटा शाखा कार्यालय, १२ वटा एटीएम तथा मोबाइल बैंकिङ सेवामार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री