शुक्रबार, १६ चैत २०८०

लक्ष्मी कसरी खुसी हुन्छिन् ? यी हुन पूजा गर्ने विधि

समयपोष्ट २०७३ कार्तिक ९ गते ७:१४

तिहारमा काग,कुकुर ,गाई—गोरुको पूजासँगै लक्ष्मीको पनि पूजा गरिन्छ । कार्तिक कृष्ण औँसीको दिन घरलाई सफासुग्घर पारेर लिपपोत गरी दीपावली गरेर लक्ष्मी पूजा गर्दा धनधान्यले परिपूर्ण भई आरोग्य प्राप्त हुन्छ भन्ने जनविश्वास छ । यसैगरी धन्तेरसको दिन पनि लक्ष्मीको विधिपूर्वक पूजाआजा गरिन्छ । हिन्दु धर्ममा हरेक देवताको निश्चित चिह्न ,पदार्थ,फूल,विरुवा,पात,खानेकुरा,चरा,जनावर सम्बन्धित भएको देखाएको छ । यो सम्बन्धको विशेष महत्व छ । यी सम्बन्धित कुरा शुद्ध र पवित्र पनि मानिन्छ् । यसले देवीदेवतालाई प्रशन्न पार्ने काम पनि गर्छ । लक्ष्मीसँग कुनकुन कुरा सम्बन्धित छ त ?

Advertisement

कमलको फूल :

lotus-f

लक्ष्मी भगवानले कमलको फूल निकैनै मनपराउनुहुन्छ । लक्ष्मीको आफ्नो आसनमा मात्र होइन दुवै हातमा कमलको फूल हुन्छ । यसैगरी कमलको कोपिलालाई माला बनाएर लगाउनुहुन्छ । यही कारणले गर्दा कमलको फूललाई पवित्र मानिन्छ । लक्ष्मीलाई खुसी पार्ने सबैभन्दा ठूलो कुरा कमलको फूलनै हो ।

 

if

 

श्री :
हिन्दु धर्ममा श्री लाई धन र पवित्र चिह्नको रुपमा लिइन्छ । यसलाई लक्ष्मीको रुपमा प्रयोग गरिन्छ अर्थात श्री भनेकै लक्ष्मी हो । त्यसैले लक्ष्मी पूजाको समयमा भित्ता र भुईमा श्री लेख्ने गरिन्छ ।


d-f

 

दियो :
जहाँ प्रकाश हुन्छ त्यहा लक्ष्मी हुन्छिन् भन्ने धार्मिक मान्यता छ । अन्धकारमा कहिल्यै  पनि लक्ष्मी आउँदिनन् । त्यसैले तिहारलाई उज्यालो चाड  पनि भन्ने गरिएको हो । औँसीको रातमा उज्यालो पार्न दियोको महत्वपूर्ण भूमका हुन्छ । अन्धकारलाई हटाउन दियो बाल्ने चलन वैदिन कालदेखि नै रहेको थियो । त्यसैले दियो लक्ष्मीलाई खुसी पार्ने अर्को चिज हो ।

 

sw-f
 

 

स्वस्तिक चिह्न :
स्वस्तिक चिह्न लक्ष्मीलाई मनपर्ने  चिह्न हो । लक्ष्मी पूजाको समयमा लक्ष्मीलाई  घरभित्र भित्राउन घरको मूल ढोकामा स्वस्तिक चिह्न बनाइन्छ।

 

p-f

 

ॐ :
लक्ष्मीलाई मनपर्ने अर्को चिह्न हो ॐ। सबै लक्ष्मीका मन्त्र ॐ बाट नै सुरु भएका छन् । ॐ वैदिन मन्त्र हो र यो सर्वब्यापी छ । 

 

mudra1-f
 

कौडी :
पहेँलो कौडी लक्ष्मीलाई धेरैनै मनपर्छ । धनी र गरीब सबैले पहेँलो कौडी सजिलै पाउन सक्छन् ।

लक्ष्मीलाई खुसी पार्न पूजा गर्दा पहेँलो कौडी प्रयोग गर्न सकिन्छ ।

 

images-1f
 

 

नरिवल:
धेरै नरिवलको माथिल्लो भागमा तीनवटा थोप्ला हुन्छ तर एउटै मात्र थोप्ला भएको नरिवल पाउन धेरै गाह्रो हुन्छ । यो नरिवललाई लक्ष्मीको प्रतिकका रुपमा लिइन्छ । यो नरिवललाई खानको लागि भन्दा पनि लक्ष्मीको साधनाको लागि प्रयोग गरिन्छ । 

 

images-2-f
 

अन्न:
मानिसको लागि अन्न् सबैभन्दा ठूलो सम्पत्ति हो । अन्नको प्रचुरता समृद्धिको सूचक हो । जहाँ लक्ष्मीले वास गर्छिन,त्यहा धनधान्यले पूर्ण हुन्छ भन्ने जनविश्वास छ । अष्टलक्ष्मीमध्य एक लक्ष्मीको नाम धान्यलक्ष्मी पनि हो ।

 

s-f

 

श्रीयन्त्र :
यन्त्रहरुमा श्रीयन्त्रलाइृ सबैभन्दा ठूलो मानिन्छ । श्रीयन्त्रमानै लक्ष्मीले वास गर्छिन । श्रीयन्त्रनै लक्ष्मीको शक्तिको मूल स्रोत हो । त्यसैले श्रीयन्त्र जहाँ हुन्छ ,त्यहाँ लक्ष्मीले वास गर्छिन भनिन्छ ।

 

images-3-f

 

सेतो हात्ती:
भ्गवान कमलालाई लक्ष्मी स्वरुप मानिन्छ । कमलालाई छुट्टै देवता पनि  मान्ने गरिएको छ । कमलाको वाहन सेतो हात्ती हो । यही कारणले लक्ष्मीले सेतो हात्ती चढ्न मनपराउँछिन् भन्ने भनाई छ । 

 

images-4-f

 

सुन :

 वैदिक कालमा सुनले मुद्राको काम गरेको थियो । धन र समृद्धिको देवी लक्ष्मी भएकाले लक्ष्मीले सुन मन नपराउने कुरै भएन । त्यही भएर लक्ष्मी पूजा गर्दा धनसम्पत्ति रोखेर पूजा गर्ने गरिन्छ । 

 

o-f
 

उल्लु:
उल्लुलाई आधुनिक समयमा अपवित्र चरा माने पनि धार्मिक हिसाबले पवित्र मानिन्छ । उल्का वाहिनी लक्ष्मीको विविध नाममध्य एक हो । उल्कावाहिनीको वाहन उल्लु हो । यसरी लक्ष्मीको वाहन भनेको उल्लुलाई दूरदर्शी र बुद्धिमानको प्रतिकका रुपमा लिइन्छ । 

लक्ष्मीलाई विभिन्न रुपमा पूजा गरिन्छ तर आठवता लक्ष्मीलाई पूज ागर्ने चलन धेरै छ । यी आठओटा लक्ष्मीलाई अष्टलक्ष्मी भनिन्छ । यी लक्ष्मीहरुमा आदिलक्ष्मी,धनलक्ष्मी,धान्यलक्ष्मी,गजलक्ष्मी,शान्तनालक्ष्मी,वीरलक्ष्मी,विजयलक्ष्मी,ऐश्वर्यलक्ष्मी पर्दछन् । यसैगरी सौभाग्यलक्ष्मी ,राज्यलक्ष्मी,गृहलक्ष्मी,वैभवलक्ष्मी,भाग्यलक्ष्मीलाई पनि पूजा गर्ने चलन छ । लक्ष्मी मन्त्रहरुमा एक सय आठ,एक हजार आठ लक्ष्मीका नामहरु उल्लेख गरिएको पाइन्छ ।


गोरखापत्र दैनिबाट साभार २०७३/७/९


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री