शुक्रबार, १४ वैशाख २०८१

तीन महिनामा नेपाल भित्रिए दुई अर्बको विदेशी सामान

समयपोष्ट २०७३ कार्तिक ८ गते २:२३

चालू आर्थिक वर्षको पहिलो ३ महिनामा २ खर्ब २० अर्ब ६० करोड रुपैयाँबराबरका विदेशी सामान भित्रिएका छन् । निर्यात भने १८ अर्ब १० करोड रुपैयाँबराबरको मात्रै भएको छ । यो अवधिमा निर्यातभन्दा आयात ११.७ गुणा बढिरहेको तथ्यांकले देखाएको छ ।

Advertisement

गत आर्थिक वर्षको भदौ र असोजमा मधेसी मोर्चा गरेको आन्दोलन र भारतको नाकाबन्दी वैदेशिक व्यावपारमा ठूलो अवरोध वेहोरेको थियो । नाकाबन्दीले न्यून मात्रै वस्तु आयात भएकोले यस वर्ष आयत उल्लेख्य बढेको तथ्यां देखिएको छ ।

कुल अयातको ६५ प्रतिशत भारतीय वस्तु भित्रने गरेका छन् । भारतबाट १ खर्ब ४३ अर्ब ९४ करोड रुपैयाँबराबरको वस्तु भित्रिएको छ । नियार्नत भने आयातको ७ प्रतिशतमात्र छ ।

चीनमा निर्यातभन्दा आयत ८६ गुणा बढी छ । चीनबाट ३ अर्ब १० करोड र निर्यात ३८ करोडको मात्र छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री