हिमालय एयरलाइन्सले ल्यायो कोलम्बो घुम्न चाहने नेपालीलाई अफर
समयपोष्ट
२०७३ कार्तिक ४ गते ११:१६
हिमालय एयरलाइन्सले कोलम्बो घुम्न चाहने नेपाली पर्यटकका लागि टिकट दरमा अफर योजना सार्वजनिक गरेको छ । एयरलाइन्सले जाडोको मौसममा परिवारसहित काठमाडौंबाट श्रीलंकाको राजधानी कोलम्बो घुम्न जानेहरुलाई दुईतर्फी भाडादर ३५ हजार १ सय ५२ प्रतिव्यक्ति तोकेको छ ।
यस अफर योजनामा भाग लिन परिवारमा कम्तिमा पनि दुई जना सदस्य हुनुपर्ने एयरलाइन्सले जनाएको छ । यो योजना अन्तर्गत कात्तिक १४ गतेबाट पुस १६ गतेसम्म टिकट खरीद गरीसक्नु पर्नेछ ।
प्रतिक्रिया