बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यद्वारा राजीनामा घोषणा

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिनुभएको छ ।

Advertisement

बुधबार प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्रीबाट मार्गप्रशस्त गरेको बताउँनुभयो ।

गत २ भदौमा मुख्यमन्त्री हुनुभएको शाक्यले प्रदेशसभाबाट विश्वासको मत नपाउने भएपछि राजीनामाको विकल्प रोज्नुभएको हो ।

शाक्यले छोटो समय भए पनि आफ्नो कार्यकाल उपलब्धीपूर्ण भएको र सबैले सहयोग गरेको बताउँनुभयो । जाँदा-जाँदै आफूले प्रदेश नीति आयोगमार्फत समाजवादको यात्रा प्रारम्भ गर्नेबारे केही खाका तयार पारेको बताउँनुभयो ।

शाक्य मुख्यमन्त्री भएको ७१ दिनमै बाहिरिनु भएको हो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री