शनिबार, १५ वैशाख २०८१

नेपाल धितोपत्र बोर्डले रिलायबल डेभलपमेन्ट बैंकलाई हकप्रद सेयर निष्कासन गरेरमात्र  गाभिन निर्देशन दियो 

समयपोष्ट २०७३ कार्तिक २ गते ६:१०

 

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिलायबल डेभलपमेन्ट बैंकलाई हकप्रद सेयर जारी गरेर मात्र गाभिन निर्देशन दिएको छ ।

१ः१ को अनुपातका हकप्रद सेयर निष्काशन गर्ने निर्णय कार्यान्वयन नगरी ग्लोबल आईएमई बैंकसंग गाभिन लागेपछि बोर्डले सोमबार सो निर्देशन गरेको हो ।

रिलायबल डेभलपमेन्ट बैंकको गत असार १७ गते सम्पन्न दसौं वार्षिक साधारणसभाबाट १ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय भएको थियो । 

साधारणसभाबाट स्वीकृत हकप्रद सेयर जारी गर्ने निर्णय कार्यान्वयन नगर्दा लगानीकर्ताको हितमा प्रतिकूल असर पर्ने भन्दै बोर्डले हकप्रद सेयर जारीपछि मात्र गाभिन निर्देशन दिएको हो । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री