बिहीबार, २७ वैशाख २०८१

नयाँ लाइसेन्सका लागि अनलाइन आवेदन खुल्यो

समयपोष्ट २०७८ कार्तिक ९ गते ११:१९

Advertisement

नयाँ सवारीचालक अनुमति पत्र (लाइसेन्स)का लागि अनलाइन आवेदन खुल्ला भएको छ ।

यातायात व्यवस्था विभागले मंगलबारबाट नयाँ सवारीचालक अनुमति पत्र (लाइसेन्स)का लागि अनलाइन आवेदन खुल्ला गरेको हो ।

यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले हिजो देखिनै आंशिक रुपमा आवेदन खुल्ला भएपनि आजदेखि पूर्णरुपमा अनलाइन आवेदन खुलेको जानकारी दिए।

विभागले सेवाग्राहीको आवश्यक्तालाई ध्यान दिदै ६ महिना रोकिएको लाइसेन्स आवेदन खोलेको हो ।

Advertisement

अब सेवाग्राहीले यातायात व्यवस्था विभागको अनलाइन आवेदनबाट नयाँ लाइसेन्सको लागि प्रक्रिया अघि बढाउन सक्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री