शुक्रबार, १४ वैशाख २०८१

कृषि विकास बैंकको “कृषिऋणपत्र” का लागि एनआईबिएल एस क्यापिटल डिबेञ्चर रजिष्ट्रार नियुक्त

समयपोष्ट २०७८ कार्तिक ४ गते १९:०५

Advertisement

कृषि विकास बैंक लिमिटेडले “कृषिऋणपत्र” जारी गर्दै छ ।

बैंकले ८ बर्ष र ९ वर्ष अवधिको ३ अर्ब ४२ करोड ६९ लाख ७५ हजार रकम बराबरको “कृषिऋणपत्र”को लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई डिबेञ्चर रजिष्ट्रार नियुक्त गरेको छ ।

सो सम्बन्धि सम्झौतामा कृषि विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख वित्त अधिकृत प्रेम कुमार श्रेष्ठ र बरिष्ट शाखा प्रमुख उमेश पंजियार तथा एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत, मेख बहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौतामा असोज २० गते हस्ताक्षर भएको बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री