बिहीबार, २० वैशाख २०८१

विप्लवसँग दुई बुँदे सहमति

समयपोष्ट २०७८ कार्तिक ३ गते ७:२१

Advertisement

सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच विगतका सहमति कार्यान्वयन गर्ने सम्बन्धमा वार्ता भएको छ ।

गृहमन्त्री बालकृष्ण खाणको पहलमा मङ्गलबार गृह मन्त्रालयमा वार्ता भएको हो ।

वार्तामा मुख्यगरी दुई विषयमा छलफल भएको गृहसचिव टेकनारायण पाण्डेले जानकारी दिनुभयो । पाण्डेका अनुसार विप्लवका कार्यकर्ताविरुद्धका मुद्दाको अवस्थाको बारेमा दुवै पक्षबाट विगतमा पेस भएको सूचीमा पछिल्लो समयसम्म भएको प्रगतिको अन्तिम सूची तयार गर्ने विषयमा दुवै पक्ष सहमत भएका छन् ।

त्यसैगरी तयार भएको अन्तिम सूचीका आधारमा बाँकी रहेका मुद्दालाई किनारा लगाउन र बन्दीहरूलाई रिहा गर्न कसरी सकिन्छ त्यसको प्रशासनिक, कानुनी र प्राविधिक निकास निकाल्ने गरी अर्को बैठक बस्ने कुरामा पनि सहमति भएको सचिव पाण्डेले जानकारी दिनुभयो ।

Advertisement

वार्तामा नेपाल सरकारको तर्फबाट गृहमन्त्री खाणसहित महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव पाण्डे, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा र गृह मन्त्रालयका कानुन सहसचिव कमल खत्री सहभागी हुनुहुन्थ्यो । नेकपाको तर्फबाट पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री