शुक्रबार, १४ वैशाख २०८१

ब्रेक फेल हुँदा बस दुर्घटना, १ को मृत्यु, ६० घाइते

समयपोष्ट २०७८ कार्तिक २ गते ७:१६

Advertisement

नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनाको भूमेस्थानमा बस दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ। ब्रेक फेल भई बस दुर्घटना हुँदा ६० जना यात्रु घाइते भएका छन्। तीमध्ये १५ जना गम्भीर घाइते छन्। उनीहरूलाई हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा बसको ब्रेक फेलका कारण दुर्घटना भएको नुवाकोट प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर वलीले बताए। उनका अुनसार बस ओरालो र साँघुरो सडकमा देबेतिरको कुनातर्फ दुर्घटना भएको छ।

दसैंपछि काठमाडौंलगायतका अन्य कर्मथलो फर्किंदै गरेका यात्रुहरू दुर्घटनामा परेको किस्पाङ गापाका अध्यक्ष छत्रबहादुर लामाले बताए। उनका अनुसार गाडीमा ७० जना भन्दा बढी यात्रु सवार रहेको अनुमान छ। सोही गापाको भाल्चेदेखि काठमाडौंका लागि हिँडेको वा ४ ख ५७६२ नं.को यात्रुबस दुर्घटना भएको हो।

घाइतेहरूको नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौंको ग्रान्डी तथा ट्रमा सेन्टरमा पठाइएको अस्पतालका प्रमुख डा. दीपेन्द्र पाण्डेले बताए। दुर्घटनामा किस्पाङ–१ भाल्चेबेंसीका २६ वर्षीय रमेश तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको डीएसपी वलीले बताए। उनका अनुसार घाइतेमध्ये नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा ८ जना, ग्रान्डीमा ३ जना र ट्रमा सेन्टरमा ६ जनाको उपचार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री