शुक्रबार, १४ वैशाख २०८१

दशै दक्षिणामा सिकाइ : ग्लोकल आफ्टर स्कुलले ल्यायो दसैं अफर

समयपोष्ट २०७८ असोज १८ गते १५:१९

Advertisement

दशैं–तिहारको उपलक्ष्यमा ग्लोकल आफ्टर स्कुल (ग्लोकल प्रा.लिको इकाई) ले नयाँ र आर्कषक अफर ल्याएको छ ।

दशै दक्षिणामा सिकाइ भन्ने नाराका साथ ग्लोकल आफ्टर स्कुलले दसैं अफर ल्याएको हो । यो अफर नोवेम्बर १० सम्मका लागि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

आफ्टर स्कुलले, रेकर्ड गरिएका पाठ्यक्रमहरुमा आवेदन खोलेको छ जसमा रुचि राख्ने शिक्षार्थीहरुको लागि रोचक अफरहरुको घोषणा गरेको छ।

रेकर्ड गरिएका पाठ्यक्रमहरु उनीहरु आफ्नै गतिमा सिक्न सक्छन् ।

दशै अफर अन्र्तगत रेकर्ड कोउर्सहरुमा १०% छुट (Use the coupon code – festive2021),एक भाग्यशाली विजेतालाई टर्की एयरलाइन्सको माध्यमबाट संसारमा कहींपनी एक निः शुल्क राउन्ड ट्रिप टिकट(टी एण्ड सी लागू),ईसेवा मार्फत रजिसटर गर्ने २०० जनाका लागि २० % क्यासब्याकको सुविधा,एक भाग्यशाली व्यक्तिलाई सिद्धार्थ होटलमा नाइट स्टे (टी एण्ड सी लागू) र एक भाग्यशाली व्यक्तिलाइ कोजी होम बि यण्ड बिमा नाइट स्टे (टी एण्ड सी लागू) प्राप्त गर्न सकिने छ ।

ग्लोकल प्रा.लि शिक्षा, उद्यमशीलता र सिपको क्षेत्रमा कार्यरत व्यवसायिक संस्था हो । बिगत लामो समय देखि युवा बर्गहरुको सीप विकास गर्न र आफ्नो रुची भएको बिषयमा पोख्त हुन बिभिन्न कार्यक्रम, तालिम, प्रतिस्पर्धाहरु आयोजना गर्दै उनीहरुलाई प्रोत्साहित गर्दै आइरहेको छ । ग्लोकल एक अत्यन्त सकारातमक सोच लिएर युवाहरुमा कौशल विकासका लागि काम गर्दै आएको संस्था हो ।

ग्लोकल आफ्टर स्कूलले बिभिन्न विषयहरूमा “While Isolated, Let’s get Skilled ” भन्ने नाराका साथ अनलाइन पाठ्यक्रमहरू सुरू गरेको थियो ।

ग्लोकल आफ्टर स्कुलमा हालसम्म १०,००० + विद्यार्थी, बिभिन्न कोर्सहरुमा भर्ना भएका छन् भने ६० + प्रशिक्षकज्युहरु अनबरत रुपमा सिपमुलक शिक्षा प्रदान गर्न ग्लोकलसँग आबद्द छन् ।

ग्लोकल लगातार सिपमुलक शिक्षा वातावरण सिर्जना गर्न निरन्तर काम गरिरहेको छ र अनलाइन पाठ्यक्रमहरू मार्फत युवाहरूको रुचिको विषय पहिचान गरी युवाहरूको सीप विकास गर्न अवसरहरू प्रदान गरिरहको छ । इक्षुक महानुभाबहरुले घरमै बसेर अन्लाईन मार्फत पाठ्यक्रम अनुरुप बिभिन्न विषयहरूमा ज्ञान हासिल गर्न सक्नेछन ।

ग्लोकलको एक महत्वकाङ्शी योजना भनेको नेपालमा अनलाइन सिप बिकासका निम्ती कार्य गर्न रहेको छ । यस अनुरुप ग्लोकल सहयोग तथा साझेदारीमा विश्वास गर्दछ, बिभिन्न संस्थाहरु जोड्दै धेरैभन्दा धेरै मानिसहरु शिक्षा तथा सेवा प्रदान गर्न अन्तर्रा्ष्ट्रिय पाठ्यक्रम लगायत नेपाली प्रशिक्षकहरुबाट पाठ्यक्रम ल्याएको छ ।

यसले नेपाली प्रशिक्षक र शिक्षार्थीहरुलाई एक साथ जोड्ने मञ्च सिर्जना गरेको छ। ग्लोकल अनुसन्धान, प्रशिक्षण र एक कुशल श्रमशक्ति निर्माणको माध्यमबाट उद्योग र शिक्षाको बिचको दूरी कम गर्न प्रेरित छ । संक्षेपमा भन्नुपर्दा, ग्लोकलको लक्ष्य भनेको नेपालमा कौशलताका लागि अनलाइन शिक्षा स्थापना गर्नु हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री