शुक्रबार, १४ वैशाख २०८१

हिमालयन डिष्टीलरीको रोयल ट्रेजर प्रीमियम ह्वीस्की बजारमा

समयपोष्ट २०७३ असोज २८ गते ६:४९

हिमालयन डिष्टीलरी लिमिटेडले आफ्नो नयाँ उत्पादन रोयल ट्रेजर प्रीमियम ह्वीस्की बजारमा ल्याएको छ । हिमालयन डिष्टीलरी लिमिटेड नेपालकै नंबर १  रुस्लान भोड्काका लागि चिर–परिचित जावलाखेल ग्रुप अफ इण्डष्ट्रीजद्वारा प्रवद्र्धित एक संस्था हो । हिमालयनले यसअघि प्रिमियम ह्वीस्कीका दुई ब्राण्ड सिग्राम्स् रोयल स्ट्याग र सिग्राम्स् ब्लेण्डर्स प्राइडको नेपालमा उत्पादन एवम् त्यसको विक्रि वितरण समेत गरिसकेको छ ।

Advertisement

न्यून मुल्य वर्गमा परिचित ह्वीस्की ‘गोल्डेन ओक’ र हिमालयन अयलाः (परम्परागत नेवारी मदिरा) यसै कम्पनीद्वारा उत्पादित नेपाली बजारमा नाम चलेका मदिरा हुन् । ७५० मिलिलिटर (मि.लि.), ३५० मि.लि.र १८० मि.लि.को बोतलमा उपलब्ध हुने यस नयाँ ह्वीस्की को मुल्य क्रमशः नेपाली रुपैयाँ १२००, ६०० र ३०० तोकिएको छ । यस उत्पादनलाई देशभर तोकिएका बिक्रिकेन्द्रहरु मार्फत खरिद गर्न सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री