शनिबार, १५ वैशाख २०८१

नेपाल राष्ट्र बैंकले १ अर्ब ३० करोड रुपैयाँ नयाँ नोट सर्वसाधारणलाई बाँड्यो

समयपोष्ट २०७३ असोज १९ गते ५:१७

 

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकको थापाथली शाखाले ३ दिनमै सर्वसाधारणलाई १ अर्ब ३० करोड रुपैयाँ नयाँ नोट बाँडेको छ । 

आउँदो आइतबारसम्म सर्वसाधारणलाई नयाँ नोट बाँडिने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

गत आइतबारदेखि राष्ट्र बैंकले सीधै सर्वसाधारणलाई नयाँ नोट बाँड्न थालेको हो।

उपत्यका बाहिरका पाँचवटा क्षेत्रीय कार्यालय मार्फत पनि सर्वसाधारणलाई राष्ट्र बैंकले सीधै नयाँ नोट वितरण गरिरहेको छ ।

उपत्यका बाहिरका कार्यालयहरुबाट भने कति नयाँ नोट वितरण गरियो भन्ने तथ्यांक  हालसम्म नआइसकेको बैंकले जनाएको छ । 

राष्ट्र बैंकको थापाथली शाखाबाट आइतबार ३० करोड, सोमबार ४५ करोड, मंगलबार ५० करोड रुपैयाँको हाराहारीमा सर्वसाधारणलाई नयाँ नोट बाँडिएको बैंकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री