शुक्रबार, १६ चैत २०८०

बजाज आर ई टेस्ट ड्राइभमा २६ वटा बुकिङ

समयपोष्ट २०७३ असोज १८ गते ९:३२

बजाज आर ई को नेपालका लागि आधिकारीक बिक्रेता हंसराज हुलासचन्दले बजाज आरइको टेस्ट ड्राइभ चितवनको भरतपुरमा सम्पन्न गरेको छ । उक्त अवसरमा आर इ थ्री ह्वीलर (टेम्पु) २६ वटा बुकिङ भएको कम्पनीले जनाएको छ ।

Advertisement

वैदेशिक रोजगारमा गएर फर्किएका तथा वैदेशिक रोजगारमा जान लागेका नेपालीलाई देश भित्रै रोजगारीको अवसर सिर्जना गरि आर्थिक रुपमा सम्पन्न बनाउने उद्धेश्यले यो मेला आयोजना भएको जनाइएको छ । यसमा बजाज आर ई मा लगानीले पहिलो दिनदेखि नै आम्दानी गर्न सकिने हुँदा मेलाको नारानै ‘एउटा यस्तो लगानी, जसले गर्दछ सुरुको दिनदेखि नै आम्दानी’ रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले मनोरञ्जनका साथमा बजाजका थ्री ह्वीलरको टेस्ट ड्राइभ गर्न सकिने गरि सोमबार मेला आयोजना गरेको थियो । कार्यक्रममा ४ हजार भन्दाबढी सहभागी भएको र ७ सय वटा टेस्ट राइड प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री