बुधबार, १२ वैशाख २०८१

चीनका राजदूतमा लिलामणी पौडेल सर्वसम्मतले अनुमोदित

समयपोष्ट २०७३ असोज १६ गते ५:४१

 

Advertisement

काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले नेपालका लागि चीनका राजदूतमा सिफारिस लिलामणी पौडेलको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको छ ।

संसदीय विशेष सुनुवाई समितिको आइतवारको बैठकमा पौडेलको नाम सर्वसम्मत भएको हो ।

समितिका सभापति केबी गुरुङले पौडेलको नाम अनुमोदनका लागि प्रस्ताव गर्दा सबै सदस्यले सहमति जनाएपछि उनी सर्वसम्मत भएका हुन् ।
लिलामणी पौडेल नेपाल सरकारका पूर्वमुख्य सचिव समेत रहिसकेका छन् ।

यसैगरी भारतका लागि सिफारिस भएका दीपकुमार उपाध्याय भने सर्वसम्मत हुन सकेनन् ।

एमालेका सांसदहरुले उपाध्याय मुलुकको दूत भन्दा पनि अर्कै देशको हितमा काम गर्ने व्यक्ति भएको भन्दै उनको नाममा सर्वसम्मति गर्न नसकिने बताए ।

एमालेका सांसदहरुको असहमतिका बीच बहुमतबाट उपाध्यायको नाम अनुमोदन भएको छ ।

राजदूतको नाम अनुमोदन गर्दा यसरी समिति नै बिभाजित भएको यो सम्भवतः पहिलो पटक हो ।

उपाध्यायलाई तत्कालिन केपी ओली नेतृत्वको सरकारले भारतको राजदूतबाट फिर्ता बोलाएको थियो । उनीमाथि भारतमा बसेर नेपाल विरुद्ध गतिबिधि गरेको र सरकार ढाल्ने षडयन्त्रमा लागेको आरोप लगाइएको थियो ।

उपाध्याय नेपाली कांग्रेसका नेता हुन् । पूर्वमन्त्री समेत रहेका उनी गत संविधानसभा चुनावमा कपिलबस्तु १ मा एमालेका बलराम अधिकारीसँग पराजित भएका थिए ।
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री