शनिबार, १५ वैशाख २०८१

सिटिजन्स बैंकले घोषणा गर्यो ११ प्रतिशत लाभांश

समयपोष्ट २०७७ कार्तिक ३ गते १४:४७

Advertisement

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शेयरधनीलाई ११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो ।

कार्तिक ३ गते बसेको ३४५ औँ सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ७.७० प्रतिशत बोनस शेयर र कर सहित ३.३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैङ्कको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनी लाभांश पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री