बाबुरामलाई प्रधानमन्त्रीको जवाफ : ‘निराधार अभिव्यक्ति दिएर जनतालाई भड्काउन खोज्ने’

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ‘बुढी गण्डकी आयोजनामा अर्बौ भ्रष्टाचार भएको’भन्ने अभिब्यक्तिको खण्डन गरेका छन् ।

Advertisement

६५औं प्रहरी दिवसका अवसरका प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले बाबुराम भट्टराईले गैरजिम्मेवार र निराधार अभिव्यक्ति दिएर जनतालाई गलत सूचनाका साथ भड्काउन खोजेको बताए । उनले भने,‘एउटा निर्णय नभएको, कसैले नलिएको, कार्यआरम्भ नभएको, र त्यो हुन्छ हुदैन, कसले गर्छ गर्दैन, कसरी गर्छ भन्ने टुंगो नभएको आयोजना, पूर्व प्रधानमन्त्री, वर्तमान प्रधानमन्त्री समेतले यति अर्ब बाडेर खाए भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएको समेत सुनेको छु’, उनले भने, ‘यस्ता गैरजिम्मेवार अभिव्यक्ति निराधार अभिव्यक्तिको एउटा कुरा हो तर, हामी त्यस्तो गैरजिम्मेवार हुन सक्दैनौं । त्यत्ति अनुत्तरदायी हुन सक्दैनौं ।’ उहाले देश र जनतालाई गलत सुचना दिएर भ्रममा पारेर भड्काएर, गलत बाटोमा लाने कुचेष्टा नगर्न आग्रह गर्दै भन्नुभयो, ‘हामी सत्य, निष्ठा जिम्मेवारीभावका साथ मात्रै अगाडी बढ्न सक्दछौं ।’

डा. भट्टराईले केही दिनअघि प्रधानमन्त्री ओली र प्रचण्ड सहितका ठुला नेताले बुढीगण्डकी आयोजनाको अर्बौ रकम बाँडेर भ्रष्टाचार गरेको आरोप लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री